१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ १७ शनिबार १५:३४:००
Read Time : < 1 मिनेट
समाचार

बराह क्षेत्रमा आयुर्वेदिक पद्धतिबाट संक्रमितको उपचार गर्ने तयारी

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १५:३४:००

सुनसरीको बराह क्षेत्रको चतराधाममा रहेको रामानन्द सेवा पीठ आश्रममा स्थापना हुने एक सय ५० बेडको आइसोलेसन उपचार केन्द्रमा आयुर्वेदिक पद्धतिबाट संक्रमितको उपचार गर्ने प्रदेश सरकारको तयारी छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले शनिबार चतरा पुगेर सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, बराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, तीनवटै सुरक्षा निकायका प्रमुख र रामानन्द सेवा पीठ व्यवस्थापन समितिका पदाधिकारीलगायतसँग छलफल गरेका छन् ।

स्वकीय सचिव तिलक बस्नेतका अनुसार मन्त्री घिमिरेले बराह क्षेत्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गरिने निष्कर्ष तयारी सुनाएका छन् । उनले आश्रमको आइसोलेसनमा  मन्त्रालयबाट विज्ञसहितको आयुर्वेदको टिम खटाउने जानकारी दिएका छन् । उनका अनुसार बराह क्षेत्रमा आइतबारदेखि आइसोलेसन उपचार केन्द्र निर्माणको काम सुरु हुनेछ ।

प्रदेश सरकारले मोरङको सुन्दर हरैँचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय, झापाको दमक, सुनसरीको बराह क्षेत्र र नेपाली सेनाको पूर्वी पृतना इटहरीमा गरी चार सय ५० बेडको आइसोलेसन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र कोरोना रिपोर्ट पोजेटिभ आएका, तर सामान्य प्रकृतिकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ ।