Skip This
निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव स्वीकृत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८o चैत ३० शुक्रबार १६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १६:४२:oo

राष्ट्रिय सभाको शुक्रबारको बैठकले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले उक्त प्रस्ताव पेस गरेकी थिइन्। उक्त प्रस्तावमाथि छलफलपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

‘संकल्प प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका सरकार र कार्यान्वयन भए–नभएकोबारे अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिइन्छ,’ अध्यक्ष दाहालले निर्देशन दिँदै भने।

आजको बैठकमा उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संकल्प प्रस्तावमा उल्लेखित विषयलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग, कुपोषण, परिवार नियोजन, मातृ तथा नवजात शिशुलगायत विभिन्न नौवटा शीर्षकमा स्वास्थ्य सेवा उपलब्ध भइरहेको बताए। पालिकास्तरका स्वास्थ्य केन्द्र निर्माण भइरहेको पनि उनले जानकारी दिए।

देशभरका २३ लाख ९४ हजार ६ सय ९५ घरधुरीका ७७ लाख २७ हजार तीन सय ६३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको पनि उनले बताए।

त्यसैगरी, पाँच लाख १६ हजार एक सय १० जना अतिविपन्न परिवारका व्यक्ति, आठ लाख ९४ हजार तीन सय १० जना ज्येष्ठ नागरिक, ३५ हजार पाँच सय ९६ जना एचआइभी संक्रमित, एक लाख ४२ हजार आठ सयजना अति अशक्त अपांग, तीन हजार सात सय ४२ जना कुष्ठरोग संक्रमितलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको बताए।