१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
श्रवण थापा सर्लाही
२०७७ बैशाख १५ सोमबार २१:४९:००
Read Time : > 2 मिनेट
समाचार

सुरक्षा सामग्री माग गर्दा सफाई कर्मचारी निकालिए

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ बैशाख १५ सोमबार २१:४९:००

कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाका सामग्री लगातको सुविधा माग गरेको भन्दै मलंगवामा नगरपालिकाले ४३ जना सफाई कर्मचारीहरुलाई कामबाट निकालेको छ ।

दैनिक ज्यालामा मज्दुरी गर्दे आएका सफाई कर्मचारीहरु(मेस्तर) कोरोना भाइरस कोभिड–१९ बाट बच्न सुरक्षा सामग्री माग गर्दै गत १ वैशाखबाट आन्दोलित बनेका थिए । माग पुरा गर्न नसक्ने भन्दै उनिहरुलाई कामबाट निकालेर नगरका मेयर निरसल साहको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीहरुकको टोलीनै कुचो(झाडु) लिएर नगर सरसफाईमा जुटेका थिए ।

सफाई कर्मचारीहरुले पटक पटक विभिन्न मागराखेर दुःख दिन थालेपछि आफैले फोहोर संकलन गर्नु परेको नगरका मेयर साहले बताए । विश्वमा कोरोना संक्रमणको महामारी फैलिरहेको र सरसफाइको आवश्यकता रहेको बेलामा उनीहरुले विभिन्न बहाना बनाएको साहको भाइछ थियो । यसरी आन्दोलन गरेर उनीहरुले पटक–पटक दुःख दिएको उनको भनाइ छ ।

यता सरसफाई कर्मचारीहरुले सामान्य सेवा सुविधा समेत नपाएको गुनासो गरेका छन् । कोरोना भाइरसको संक्रमणको उच्च खतरा रहेको अवस्थामा सुरक्षाको साधन नपाएको उनीहरुले गुनासो गरे । कोरोना भाइरसको जोखिम मोलेर काममा निस्कनुपरेको भनेर सामान्य सुरक्षाको सामग्री माग्दा नगरपालिकाले आफुहरुलाई कामबाट निकालेको सफाई कर्मचारी मुकेश रामकोे आरोप छ ।

लकडाउन सुरु भएदेखी २/३ दिन बिराएर सरसफाई गर्ने गरेका उनीहरुले ५ बुँदे मागसहित १ वैशाखबाट सरसफाइको काम ठप्प पारेका थिए । सफाई कर्मचारीले कामको नियूक्ति पाउँनु पर्ने, प्रतेक कर्मचारीको २०/२० लाखको विमाको ब्यवस्था गरिनु पर्ने, पर्सनल प्रोटेक्टीभ ईक्युभमेन्ट (पिपिई) सेट पाउनुपर्ने, सरकारले कट्टा गरेको करार कर्मचारीको ३ दिनको तलब नगरले भुक्तानी गर्नुपर्ने र राहतको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।

मलंगवा नगरपालिका क्षेत्रमा दैनिक ज्याला मजदुरी र करारमा गरी ४३ जना सरसफाई कर्मचारीले (मेस्तर) काम गर्दै आएका थिए । आफुहरुलाई नगरपालिकाले पाउनुपर्ने सामान्य सुविधा समेत नदिएको उनीहरुको आरोप छ । ‘नगरपालिकाले काम लागाएको छ, नियुक्ती छैन, भोली हामीलाई केही भए को जिम्मेवारी हुन्छ ?,’ सफाई कर्मचारी रुपन मलीले भने, ‘कोरानाको महामारी छ, सुरक्षाको सामग्री छैन ।’ 

बजारमै पर्सनल प्रोटेक्टीभ ईक्युभमेन्ट (पिपिई) सेट दिन समस्या भएको मेयर साहले बताए । ‘डाक्टरलाई लगाउन त बल्ल तल्ल ५ वटा पिपिई सेट जुटेको छ,’ उन्ले भने, ‘उनीहरुलाई दिन मैले पिपिई सेट कहाँबाट ल्याउनु?’ उनीहरुले भनेको जस्तो सुविधा नगरपालिकाले दिन नसक्ने मेयर साहले बताए । 

नयाँ कर्मचारी भर्ना गर्ने नगरको तयारी
आन्दोलित बनेको भन्दै सरसफाई कर्मचारी निकालेको मलंगवा नगरपालिकाले सफाई कर्मचारी भर्ना प्रकृया सुरु गरेको छ । 

गत ४ वैशाखमा भएको नगर कार्यसमितिको बैठकले पुराना सफाई कर्मचारी हटाएर नयाँ कर्मचारी करारमा नियूक्ती गर्ने निर्णय गरेको थियो । सोही अनुरुप सफाई कर्मचारी नियुक्तिको काम भइरहेको मेयर साहले बताए । पछि सहमती भएको भन्दै मेयर साहको पुराना सफाई कर्मचारीलाई प्रकृया पु¥याएर उनीहरुको माग अनुसार करार नियूक्ति दिने तयारी गरेको बताए ।

करार नियूक्तिमा आउने जति पुराना÷नयाँ सबै कर्मचारीलाई २ लाख बराबरको विमाको समेत ब्यवस्था गरेको उनले बताए ।

आफुहरुको केही माग पुरा गर्ने भन्दै नगरले काममा फर्कन आग्रह गरेको एक सफाई कर्मचारीले बताए । अबको नियुक्तिमा परेपनि नपरेपनि त्यतिबेला सम्म कामगर्न पाउने भनेपछि उनीहरुका काम गर्न आएका हुन् । 

जिल्लाक अधिकांश सफाई कर्मचारी जोखिममा
जिल्लाका अधिकांश सरसफाई कर्मचारी कोरोना संक्रमण तथा स्वास्थ्य जोखिममा रहेको पाइएको छ ।

स्थानीय तहले सामान्य सुरक्षाको सामाग्री समेत उपलब्ध नगराउँदा उनीहरु कोरोना संक्रमणको जोखिममा रहेको देखिएको हो । जिल्लास्थित ठूला ब्यापारिक केन्द्र लालबन्दी, बरहथवा, हरिपुर, ईश्वरपुर, गोडैता लगाएतका बजार क्षेत्रमा सरसफाई गर्ने कर्मचारीहरुलाई विना कुनै सुरक्षा सामाग्री सरसफाई कार्यमा खटाउने गरेको पाइएको छ । 

कोरोना भाइरसको संत्रास रहेको अवस्थामा पनि खालिहात खुट्टामा चप्पल मात्र लगाएर काम गर्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।