१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ माघ १३ सोमबार २१:४६:००
Read Time : < 1 मिनेट
समाचार

सिञ्जाको बड्कीमा प्रहरी चौकी स्थापना 

Read Time : < 1 मिनेट
२०७६ माघ १३ सोमबार २१:४६:००

जिल्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिका– १, बड्कीमा प्रहरीको स्थायी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षामा चुनौती भएको भन्दै बड्कीमा प्रहरी चौकी स्थापना गरिएको हो ।

प्रहरी चौकी स्थापनाको उद्घाटन गर्दैै गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले शान्ति सुरक्षाको समस्यालाई मध्यनजर गरेर प्रहरी चौकी स्थापना गरिएको बताए । उनले त्यस क्षेत्रमा घरेलु मदिराको प्रयोग अत्याधिक बढेकाले शान्ति सुरक्षामा चुनौती भएको भन्ने जनगुनासो आएको बताए । उनले देशभर गृहमन्त्रालयबाट एक सय २० प्रहरी चौकी स्थापना गर्न स्वीकृति दिइएको भन्दै जुम्लामा तीनवटा रहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बड्की क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको भन्दै स्थानीयले पनि सहयोग गर्नुपर्ने बताइन् । प्रहरी एक्लैले केही गर्न नसक्ने उनको भनाइ छ । स्थानीयस्तरमा हुने सुरक्षा समस्या प्रहरी चौकी स्थापनाबाट न्यूनीकरण हुने विश्वास व्यक्त गर्दै उनले थप सहयोग आवश्यक परे जिल्लास्थित शान्ति सुरक्षा समिति तयार रहेको बताइन् । हिमा गाउँपालिका अध्यक्ष राजबहादुर शाहीले प्रहरी चौकी स्थापनासँगै शान्ति सुरक्षामा सहज हुने बताए । बड्की प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना प्रहरी रहेका छन् ।