Skip This
चिसो बढेसँगै लिमीका प्रहरी चौकी सिमकोट स्थानान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १ शुक्रबार ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसो बढेसँगै लिमीका प्रहरी चौकी सिमकोट स्थानान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १ शुक्रबार ११:२२:oo

हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ। 

चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हुँदा नाम्खा– ६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन्। 

सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए। उनले भने, ‘गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन्।’

नाम्खा गाउँपालिका– ६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाङको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो। उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ सुरक्षाकर्मी खटिएका थिए।