१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ पौष १ मंगलबार ०७:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालन

Read Time : < 1 मिनेट
२०७६ पौष १ मंगलबार ०७:४६:००

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ मा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालनमा आएको छ । दिक्तेलका स्थानीय गोविन्द बजिमयले इँटा उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला प्रहरी कार्यालय खोटाङअगाडि सञ्चालन गरिएको इँटा उद्योगबाट अहिलेसम्म १० हजारवटा इँटा बिक्री भइसकेको सञ्चालक बजिमयले बताए ।

प्रतिगोटा ५७ रुपैयाँ पर्ने इँटा बहुउपयोगी भएकाले सबैले प्रयोग गर्न थालेको उनको भनाइ छ । ‘जिल्लामा भूकम्पपछिको पुनर्निर्माणको काम धमाधम भइरहेको छ,’ उनले भने, ‘पाँचजना कामदार लगाएर उत्पादन गरिए पनि बजारको माग धान्न गाह्रो भएको छ ।’

घर निर्माणमा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा प्लास्टर गर्नुनपर्ने, काठको आवश्यकता नपर्ने, ज्यामी ज्याला कम पर्ने तथा सिमेन्ट र बालुवा कम खपत हुने सञ्चालक बजिमयले बताए ।

‘सामान्य इँटा प्रयोग गर्दा लाग्ने सिमेन्ट र बालुवाको मात्रामा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा चार भागको एक भाग मात्र लाग्छ,’ उनले भने, ‘कम खर्चिलो र दिगो हुने भएकाले इन्टरलक ब्रिक अर्थात् भूकम्प प्रतिरोधात्मक इँटा सबैको रोजाइमा परेको छ ।’ दुईवटा हाते मेसिन जडान गरेर सुरु गरिएको उद्योग चार रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ ।