१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर २५ बुधबार १६:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

१३औं सागमा पदक जित्नेलाई सरकारले नगद पुरस्कार दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर २५ बुधबार १६:३७:००

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक जित्ने खेलाडीलाई भेटका लागि बुधबार बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीले स्वर्ण पदक विजेतलाई जनही ९ लाख रुपैयाँ सरकारले दिने घोषणा गरेका हुन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई सरकारले ११ लाख रुपैयाँ नगद दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले रजत पदक विजेतलाई जनही ६ लाख र कास्य पदक विजेतालाई जनही ३ लाख दिने पनि ओलीले घोषणा गरे । 

समुहमा स्वर्ण जित्ने सबै सदस्य र स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकलाई जनही ५ लाख रुपैयाँ सरकारले दिने भएको छ । 

नेपालले १३औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल २ सय ६ पदक जितेको छ ।