१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारोत्तलनमा सागरले बनाए तीन कीर्तिमान

थाइल्यान्डमा भएको आइडब्लुएफ– २०२४ मा सागरले स्नाचतर्फ १३४ केजी, क्लिन एन्ड जर्कतर्फ १७२ केजी र कुलमा ३०६ केजी भारवहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान भंग गरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५४:oo

राष्ट्रिय भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन राष्ट्रिय कीर्तिमान बनाएका छन् । महेन्द्रनगरका सागरले बुधबार थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आइडब्लुएफ) २०२४ मा तीन कीर्तिमान बनाएका हुन् । उनले समग्रमा ३०६ केजी उचाल्दै कीर्तिमान बनाएको प्रशिक्षक जीवन गौतमले नयाँ पत्रिकालाई बताए । ‘सागर राम्रो प्रदर्शन गर्न सफल भए । अझै राम्रो हुन सक्थ्यो । स्नाचमा अलिकति गल्ती भयो,’ थाइल्यान्डबाट प्रशिक्षक गौतमले भने ।

सागरले स्नाचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार उचालेका हुन् । यसअघि एसियाडमा स्नाचमा १३३ केजी भारवहन गरेका थिए । यसअघि सागरले १९औँ एसियाडमा स्नाचमा १३३, उज्वेकिस्तानमा आयोजना भएको एसियन च्याम्पियनसिपको क्लिन एन्ड जर्कमा १७१ र कुलतर्फ चीनमै ३०३ केजी बहन गर्दै कीर्तिमान बनाएका थिए । 
सोही कीर्तिमान थाइल्यान्डमा तोडेका गरेका हुन् । कीर्तिमान बनाएपछि सागर खुसी देखिए । ‘कीर्तिमान रच्न सफल भएको छु । समग्रमा तीन केजी बढी उचाल्दा खुसी छु,’ सागरले भने, ‘ओलम्पिकका लागि वाइल्ड कार्ड पाउनेमा आशावादी छु ।’

यसै खेललाई ओलम्पिक छनोटको माध्यम बनाइएको थियो । नेपाली भारोत्तोलन खेलाडीले सीधै छनोट भएर हालसम्म ओलम्पिक खेलेका छैनन् । सागर पनि वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्न पाउनेमा आशावादी छन् । ओलम्पिक छनोटकै लागि यसअघि सागरले तीन चरण पार गरेका थिए । यसअघि दक्षिण कोरिया, साउदी अरेबिया र कतारमा प्रदर्शन गरेका थिए । नेपाली भारोत्तोलन इतिहासमा तीन सय केजी उचाल्ने दुई खेलाडी मात्रै रहेका छन् । सागरसँगै विशाल विष्टले तीन सय केजी उचालेका हुन् । दुवै खेलाडी महेन्द्रनगरका हुन् ।

 कीर्तिमान बनाउँदा खुसी
कीर्तिमान रच्न सफल भएँ । तीन केजी बढी उचालेको हो । समग्रमा राम्रो भयो । खुसी छु । यो ओलम्पिक छनोटको अन्तिम माध्यम हो । कीर्तिमानसहित नतिजा आउँदा छनोट हुनेमा आशावादी छु । वाइल्ड कार्डको पर्खाइमा छु । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले चाँडै जानकारी गराउला । 

वाइल्ड कार्ड पाउनेमा आशावादी छौँ
जीवन गौतम, प्रशिक्षक, भारोत्तोलन

सागरले राम्रो गरेको छ । सुरुबाटै राम्रो खेलाडी हो । अझ राम्रो हुन सक्थ्यो । स्नाचमा सोचेजस्तो हुन सकेन । यतिको प्रदर्शन गर्नु भनेको राम्रो हो । सामान्य तयारी र डाइटका भरमा उत्कृष्ट प्रदर्शन आएको छ । ओलम्पिकमा सीधै छनोट हुन गाह्रो छ । भारोत्तोलनमा अहिलेसम्म सीधै छनोट हुन सकेको छैन । आइओसीबाट वाइल्ड कार्ड पाउँछ कि पाउँदैन भन्ने छ । आशा गरौँ, वाइल्ड कार्ड आउनेछ । 

ad
ad