१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

त्रिपाठी र बन्धुलाई मनिराज वाङमय पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३२:oo

वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक डा. वासुदेव त्रिपाठी र वरिष्ठ संस्कृतिविद्, साहित्यकार एवं भाषाविद् प्राध्यापक डा. चूडामणि बन्धुलाई मनिराज वाङमय पुरस्कार प्रदान गरिएको छ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले धनगढीमा एक समारोहबीच मंगलबार उक्त पुरस्कार त्रिपाठी र बन्धुलाई प्रदान गरेको हो।

पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। त्रिपाठीलाई वर्ष २०७८ र बन्धुलाई वर्ष २०७९ को पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले उक्त पुरस्कार प्रदान गरे। नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ।

मनिराज वाङमय पुरस्कारका लागि महाकाव्यकार मनिराज जोशी र उनका परिवारका सदस्यहरूले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानमा १० लाख रुपैयाँ राशिको अक्षयकोष स्थापना गरेका छन्। विगत ६ वर्षदेखि हरेक वर्ष प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्दै आएको  प्रतिष्ठानका अध्यक्ष साहित्यकार पदमराज जोशीले बताए। 

प्रतिष्ठानले यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र उपन्यासकार, कथाकार तथा समालोचक तुलसी भट्टराईलाई मनिराज वाङमय पुरस्कार प्रदान गरिसकेको अध्यक्ष जोशीले जानकारी दिए।

यसैगरी प्रतिष्ठानले साहित्यकार एवं पण्डित लक्ष्मीकान्त जोशी रेग्मी र साहित्यकार नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कार प्रदान गरेको छ।  
 

ad
ad