१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ मङ्सिर १३ शुक्रबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार

हाइस दुर्घटना हुँदा ३ को मृत्यु, १५ जना गम्भिर घाइते

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १३ शुक्रबार १७:१०:००

सुर्खेतदेखि दैलेखतर्फ आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दैलेखको गुरास गाउँपालिका-४ मग्रामा दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना गम्भिर घाइते भएका छन् । 

मृत्यु हुनेमा पुरानो घर दैलेख भएका हाल बर्दिया बस्ने नामबहादुर बडुवाल र उनकी श्रीमती कमला बडुवाल रहेका छन् । यस्तै वीरेन्द्र नगर नगरपालिका बस्ने थिरे कामी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीका अनुसार हाइस सडकबाट साढे २ सय मिटर तल खसेको छ ।

घटना लगत्तै प्रहरी सहायक निरीक्षक चन्द्रलाल गिरीको कमाण्डमा गएको प्रहरी टाेलीले उद्धार गरेकाे दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । हाइस चालक नरेश शाहीको ढाडमा चोट लागेकाले प्रहरीको निगरानीमा उनलाई जिल्ला अस्पताल दैलेखमा लगिएकाे छ ।

घाइतेहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको छ । घाइते हुनेमा सुर्खेत खजुराका मंगले गुरुङ, मुकेश गुरुङ, सुर्खेत तातोपानीका एकै परिवारका मोहन परियार, झुमा परियार, चन्द्रा परियार, भिम परियार, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका लक्ष्मी रावत, दिलबहादुर कटुवाल, बाँके नौवस्ताका कर्णबहादुर बोगटी र उनकी श्रीमती लक्ष्मी बोगटी, दुल्लु नगरपालिकाका लक्ष्मी योगी र अभिषेक योगी, सुर्खेत सुवकुनाका देवी प्रसाद सुवेदी, धुलायबिट बस्ने चन्द्रकली सिगौली, दैलेख भगवतीमाईका लक्ष्मीप्रसाद उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।