Skip This
सल्यानमा हाइस दुर्घटना हुँदा दुईजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सल्यानमा हाइस दुर्घटना हुँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:१८:oo

रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको हाइस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिकानिवासी कमारो कामी र सल्यान दार्मा गाउँपालिका– २ का ओमपथ खत्री रहेका राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ।

दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन्। तीमध्ये एकजनालाई उपचारका लागि कोहलपुर रेफर गर्ने तयारी रहेको छ। अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

लु २ ख ५७३१ नम्बरको यात्रुबाहक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो। कपुरकोट गाउँपालिका– ३ आगरखोलानजिकै दिउँसो ३ बजेतिर दुर्घटना भएको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad