१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ०६:५६:००
Read Time : > 1 मिनेट
अर्थ

साओमीको रेड्मी  ८ र रेड्मी ८ ए नेपालमा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०६:५६:००

१८ वाटको फास्ट चार्जिङ फिचरसहित ५ हजार एमएचको ब्याट्री

नेपालमा साओमीले उच्च क्षमताका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ५००० एमएच क्षमताको ब्याट्री भएको रेड्मी ८ र रेड्मी ८ ए सार्वजनिक गरेको हो । रेड्मी ८, रेड्मी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो जसमा १२ एमपी डुअल क्यामरा रहेको छ । रेड्मी ८ ए, रेड्मी ए सिरिजमा सबैभन्दा नयाँ फोन हो जसमा सम्पूर्ण विधामा सुधार गर्नुका साथै यसमा ५१२ जिबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ ।

दुवै फोनमा उच्च ब्याट्री रहेकाले एकपटक चार्ज गरेपछि लामो समयसम्म प्रयोग गर्न सकिने बताइएको छ । मोबाइलमा शक्तिशाली क्वालकम स्न्यापड्रेगन ४३९ अक्टाकोर चिपसेटजस्ता विशेषताका रहेका छन् । दुवै स्मार्टफोनमा १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने टाइप–सी युएसबी रहेको छ । दुवै स्मार्टफोनमा कर्निग गुरिल्ला ग्लास ५ तथा पी २ आई न्यानो कोटिङले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ ।

रेड्मी ८ ए 
६.२२ इन्चको डट नोच एचडी प्लस डिस्प्लेयुक्त रेड्मी ८ ए मा १९ः९ एसपेक्ट रेसियो रहेको छ । फोनमा २ प्लस १ डुअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट सुविधासमेत रहेको छ । वायरलेस एफएम रहेको फोनमा १२ एमपी सोनी आइएमएक्स ३६३ सेन्सरयुक्त क्यमरा रहेको छ  सनसेट रेड, ओसन ब्लु र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेड्मी ८ ए २ जिबी प्लस ३२ जिबीको मूल्य ११ हजार ९९९ रुपैयाँ र ३ जिबी प्लस ३२ जिबीको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । 

रेड्मी ८
रेड्मी ८ मा ४ जिबी र्‍याम र ६४ जिबी इन्टरनल स्टोरेज रहेको छ । रेड्मी ८ को रियरमा एआई डुअल क्यामेरा सेटअप रहेको छ जसमा १२ एमपी प्राइमरी सेन्सर र डेडिकेटेड २ एमपी डेप्थ सेन्सर रहेको छ । 

औरा मिररले फिनिसिंङ गरिएको फोनमा १५.८ सिएम अर्थात् ६.२ इन्च हाई डेफिनेसन स्किन रहेको छ । सहज सुविधाका लागि रियरमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ र यसले एआई फेस अनलक पनि सपोर्ट गर्दछ । 

ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा उपलब्ध रेड्मी ८ को मूल्य १४ हजार ९९९ रुपैयाँ तोकिएको छ । रेड्मी ८ ४ जिबी प्लस ६४ जिबी भेरियन्टमा उपलब्ध छ ।