मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १८ शुक्रबार १६:३७:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

साओमीको नयाँ रेड्मी ए-वान सिरिज सार्वजनिक, कति छ मूल्य ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १८ शुक्रबार १६:३७:००

ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपाली बजारमा ए सिरिज सार्वजनिक गरेको छ। स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै कम्पनीले केटरिङ गरिएका रेड्मी ए १ र रेड्मी ए १ प्लस सार्वजनिक गरेको हो।

द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्ने गरी तयार गरिएका यी फोनले प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, प्रभावकारी र सुविधाजनक बनाउने कम्पनीको दाबी छ।

रेड्मी ए १ सिरिज – लाइफ बनाऔँ ए १
रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तरवृद्धि गर्न चाहने नयाँ प्रयोगकर्तालाई आकर्षित गर्ने लक्ष्य राखेको छ। सीमित बजेटभित्र रहेर आकर्षक डिजाइन, लामो ब्याट्री जीवन र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गर्दै रेड्मी ए १ र रेड्मी ए १ प्लस ‘रेड्मीकै भरोसा’अन्तर्गत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।

ए १ इन्टरटेनमेन्ट
रेड्मी ए १ र रेड्मी ए १ प्लस विस्तृत दायरामा राम्रो गुणस्तरका साथ उपलब्ध छन्। यी स्मार्टफोनहरूमा उत्कृष्ट क्यामेरा, भरपर्दो ब्याट्री लाइफ, क्लासिक १६.५५ सेमि  ६.५२” को रंगीन डिस्प्ले समावेश गरिएको छ। नन–स्टप मनोरञ्जन र गुणस्तरको अडियो अनुभवका लागि रेड्मी ए १ र ए१ प्लसमा शीर्ष स्पिकरहरू जडान गरिएको छ। साथै यस उपकरण पूर्वस्थापित एफएम रेडियो एपको साथ आउँछ।

साथै रेड्मी ए १ र रेड्मी ए १ प्लसमा राखिएको ५००० एमएएच ब्याट्रीले विना कुनै राेकावट यसको निरन्तर प्रयोग सुनिश्चित गर्दछ।

ए १ एक्सपिरियन्स
रेड्मी ए १ र रेड्मी ए १ प्लस पावर अपका लागि ‘मिडियाटक हेलियाे ए-२२’ चिपसेट जडित छ जसको सहायताले फोटोग्राफी, र भिडियोमा थप क्लारिटी प्रदान गर्दछ । यसमा रहेको ‘एलपिडिडिआर ४एक्स’को समर्थनद्वारा रेड्मी ए १ र रेड्मी ए १ प्लसलाई थप कुशल बनाउँछ । रेड्मी ए १ र रेड्मी ए १ प्लस दुवै क्लिन एन्ड्रोइड १२ मा चल्छन् जसले यसलाई अझ छिटो र थप गोपनीयता प्रदान गर्न मद्दत गर्दछ । 

ए१ डिजाइन
रेड्मी ए १ र रेड्मी ए १ प्लस दुवैे एन्ट्री–लेभल डिजाइनको साथ तीन रंग (ब्ल्याक, लाइट ग्रिन, लाइट ब्लु रंग) मा उपलब्ध छ । यसको टेक्सचर्ड डिजाइनले फिंगरप्रिन्टहरू फोनमा रहन नदिन मद्दत गर्दछ जसले गर्दा फोन लामो समयसम्म नयाँ देखिन्छ ।

रेड्मी ए १ प्लसमा रहेको रियर फिंगरप्रिन्ट सेन्सरले प्रयोगकर्ताहरूलाई सरलतापूर्वक फोन अनलक गर्न मद्दत गर्दछ ।

ए १ क्यामेरा
रेड्मी ए १ र रेड्मी ए १ प्लसमा रहेको ८ एमपी डुअल एआई क्यामेरा र ५ एमपी फ्रन्ट क्यामेरा सेटअपले प्रयोगकर्ताहरूलाई यादगार पलहरू सहज रूपमा क्याप्चर गर्न मद्दत गर्दछ । एड्भास सिग्नल प्रोसेसर र मोडहरू संयोजन गर्दै यस स्मार्टफोनमा प्रयोगकर्ताहरूले कुनै अवरोधविना भिडियो कलहरूमार्फत आफ्ना प्रियजनहरूसँग कुरा गर्न सक्छन् ।

ए १ क्वालिटी
प्रयोगकर्ताहरूले हरेक वर्ष आफ्नो फोन परिवर्तन नगरी नयाँ स्मार्टफोनको अनुभव लिन सकून् भन्ने कुरा सुनिश्चित गर्दै रेड्मी ए १ ले ५००,००० पटक, कनेक्टरको टिकाउपन परीक्षण १०,००० पटक र माइक्रो ड्रप परीक्षण २८,००० पटक गरिसकेको छ ।

मूल्य र उपलब्धता
रेड्मी ए १ २ जिबी+३२ जिबी भेरियन्ट रु. ११ हजार नाै सय ९९, रेड्मी ए १ प्लस २ जिबी+३२ जिबी र ३ जिबी+३२ जिबी भेरियन्ट रु. १२ हजार चार सय ९९ र रु. १३ हजार नाै सय ९९ मूल्यमा देशभरका सबै अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ।