Skip This
साओमी नेपालको टेलिभिजनमा दसैँ अफर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ११ सोमबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साओमी नेपालको टेलिभिजनमा दसैँ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार o६:o७:oo

साओमी नेपालले साओमी टेलिभिजन खरिदमा विशेष छुट योजना ल्याएको छ । कम्पनीले मी फ्यानहरूलाई विभिन्न मी एलइडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरू प्रदान गर्ने योजना ल्याएको हो । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले देशमा साओमी टेलिभिजनको लन्च भएदेखि नै आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आफ्ना उपकरणहरूमध्ये प्रिमियम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पका रूपमा परिणत भएको बताए ।

दसैँलाई लक्षित गर्दै साओमीले ग्राहकलाई नयाँ टेलिभिजन किन्न र साओमीका टेलिभिजनहरूमा विशेष छुटको अफर ल्याएको उनको भनाइ थियो । कम्पनीले अफरअनुसार ३२ इन्चदेखि ६५ इन्चसम्मको टेलिभिजन ३५ हजार रुपैयाँदेखि एक लाख १० हजार रुपैयाँँसम्ममा बिक्री गरिरहेको जनाएको छ । यसमा चार हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म छुट भएको जनाइएको छ । 

कम्पनीले ‘दसैँ विथ मी’ नामको उपहार योजना पनि सँगै ल्याएको छ । जसअनुसार साओमी र पोको मोबाइलको ग्राहकमध्ये दैनिक दुईजनाले मी ब्लुटुथ स्पिकर, मी टिभी खरिदकर्ता दैनिक एकजनाले मी लाइट वाच, साओमी र पोको मोबाइल खरिदकर्तामध्ये एकजनालाई साप्ताहिक रूपमा ४३ इन्चको मी टिभी उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, मी टिभी खरिदकर्तामध्ये साप्ताहिक रूपमा एकजनालाई रेडमी नोट १० प्रो, साओमी र पोको मोबाइल खरिद गर्नेमध्ये चारजनालाई बम्पर उपहारका रूपमा ६५ इन्चको मी टिभी र मी टिभी खरिद गर्नेमध्ये चारजनालाई बम्पर उपहारका रूपमा मी ११ स्मार्ट फोन प्रदान गरिने जनाइएको छ ।