१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १९ आइतबार १०:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साओमी नेपालले सुरु गर्‍यो मिसन शिक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १९ आइतबार १०:२०:००

स्मार्ट फोन कम्पनी साओमीले गोदावरीमा रहेका दुई बालआश्रम मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । साओमीले दुई संस्थाका विद्यार्थीलाई दुई सयभन्दा बढी स्कुल ब्याग, स्टेसनरी सामानहरू, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग सामग्रीहरू हस्तान्तरण गर्दै उनले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीको शिक्षाका लागि समावेशी वातावरण सिर्जना गर्नु हो । हामीले यसलाई हाम्रो मिसन शिक्षा बनाएका छौँ । यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ ।’