Skip This
बाढीपहिरोले कोरोला नाका पनि अवरुद्ध
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १२ सोमबार o८:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपहिरोले कोरोला नाका पनि अवरुद्ध

रसुवा र तातोपानीपछि चीनतर्फको अर्को प्रमुख नाका पनि अवरुद्ध, व्यापार प्रभावित हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o८:५४:oo

चीनतर्फको तेस्रो महत्वपूर्ण व्यापार नाका कोरोला नाका पनि अवरुद्ध भएको छ । शनिबार र आइतबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध पारेपछि जोमसोम–कोरोला नाकासमेत बन्द भएको हो । 

बाढीपहिरो तथा हिमपातका कारण अहिले कोरोला नाकाबाट हुने व्यापारसमेत रोकिएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । यससँगै चीनसँग स्थलमार्गबाट हुने अन्तर्राष्ट्रिय व्यापार पूर्ण रूपमा रोकिएको उनले बताए । 

१० भदौमा आएको बाढीले रसुवा नाकाको मितेरी पुलसहित भन्सार प्रशासनका संरचना बगाएपछि उक्त नाका सञ्चालन नै अनिश्चित भएको छ । अर्कोतर्फ चीनले तातोपानी नाका पनि नखुलाएका कारण उत्तरी नाकाबाट हुने आयात प्रभावित भएपछि सरकारले कोरोला नाकाबाट सामान ल्याउन सहजीकरण गर्ने घोषणा गरेको थियो । भन्सार विभागले पनि कोरोला नाकाबाट आयात हुने सामान काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको थियो । 

रसुवा र तातोपानी नाका बन्द भएपछि चीनबाट हुने वस्तु आयात गर्ने तस्रो प्रमुख नाका कोरोला व्यस्त भएको थियो । तर, म्याग्दी र मुस्ताङका विभिन्न ठाउँका सडकमा पहिरो गएपछि र नाका क्षेत्रमा हिमपात भएपछि आगमन रोकिएको हो । यससँगै कोरोलाबाट हुने चीनतर्फको व्यापारसमेत रोकिएको व्यवसायीले बताएका छन् । 

↑