Skip This
कान्ति लोकपथका दुई पहिरो पन्छाइँदै,  बिहान १० बजेसम्म सडक खुलाउने लक्ष्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार o८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कान्ति लोकपथका दुई पहिरो पन्छाइँदै,  बिहान १० बजेसम्म सडक खुलाउने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o८:५९:oo

 कान्ति लोकपथको ललितपुर खण्डमा खसेका दुईवटा पहिरो हटाउने काम तीव्र पारिएको छ । लगातारको वर्षापछि अवरुद्ध सडक सञ्चालनमा ल्याउन सोमबार बिहान ५ बजेदेखि तीनवटा एक्स्काभेटर परिचालन गरिएको कान्ति लोकपथ मकवानपुरका इन्जिनियर साजन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार दुवै स्थानको पहिरो पन्छाउने काम भइरहेको छ । बिहान १० बजेसम्म सडक खुलाएर सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए ।
कान्ति लोकपथ अन्तर्गत मकवानपर खण्ड सुचारु भएपनि पहिरोका कारण ललितपुर खण्डमा सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाडौं आवतजावत प्रभावित भएको छ । पहिरो हटाएपछि सडकको अवस्था परीक्षण गरी सवारी सञ्चालन गरिने आयोजनाले जनाएको छ ।
 

↑