मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
गणेश लम्साल विराटनगर
२o८३ भदौ १२ शुक्रबार १o:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसुवाको बाढीले  मोरङका १४ जना सम्पर्कविहिन

दुई जनाको उद्धार 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार १o:२६:oo

बुधबार रसुवामा आएको विनाशकारी बाढीपछि मोरङका १३ जना मानिस सम्पर्कविहिन छन्। जिल्ला प्रशासन मोरङले बिहीबार अपरान्ह्रसम्म संकलन गरेको विवरण अनुसार बाढी पछि मोरङका १५ जना नागरिकहरु सम्पर्कविहिन भएका छन्।  सम्पर्कविहिन भएकाहरुमा  रसुवाको त्रिसुली धोवी खोला बजारमा कपडा पसल सञ्चालन गरेर बसेका विराटनगर ७  का  शिवशंकर गुप्ता छन् ।  

यसैगरि धुन्चे स्वाथ्यचौकीमा ल्यावटेक्निसियनको रुपमा कार्यरत पूजा आचार्य नेपाल आफ्नो तीन वर्षको छोरीसहित रसुवाबाट सम्पर्कविहीन  छन् । यसैगरि त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत  रंगेली–६, बहुवान टोलका  सुरज मण्डल पनि अपर क्षेत्रबाट हराइरहेका छन् । 

पथरी शनिश्चरे–३, लामा टोलका रिचा निरौला दोसाङ हाईड्रोपावर क्षेत्रबाट सम्पर्कविहिन छन्। विराटनगर, एयरपोर्ट मोडका साचिन गौतमपनि दोसाङ हाईड्रोपावर क्षेत्रबाटै  सम्पर्कविहिन भएका छन्। विराटनगर १ का  दुर्गाप्रसाद पोखरेल  टिमुरे अध्यागमन कार्यालयबाट हराइरहेका छन्।हाइड्रोमा कुकको रूपमा कार्यरत सुन्दरहरैंचा, विराटचोकका सूर्यबहादुर कार्की  पनि सम्पर्कविहिन छन् । 

यसैगरि अटोमोबाइल्समा कार्यरत सुन्दरहरैंचा सलकपुरका  भोजराज अधिकारी सम्पर्कविहिन छन्। साथै रसुवा बजारमा होटल व्यवसाय गरेर बसेका  मोरङको  लेटाङ नगरपालिका–६ का मेधा चेपाङ  र  सोना चेपाङ, देवीमाया तामाङ र पासाङ तामाङ रसुवा बजारबाट हराएका छन्। विराटनगर महानगरपालिका ७ का  सोम प्रसाद कट्टेल पनि टिमुरेबाट सम्पर्कविहिन छन् ।  बेलबारी नगरपालिका ११ का अनुज धमला पनि टिमुरे बजारबाट हराइरहेका छन् । 

दुई जनाको उद्धार
रसुवा बाढीमा परेका मोरङका २ जना व्यक्तिहरू  फेला परेका छन्। मोरङ प्रशासनका अनुसार  फेला पर्नेहरूमा मोरङ निवासी ३८ वर्षीय गजेन्द्र थापालाई नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको छ। यसैगरि  प्रभु बैंक टिमुरे शाखाका प्रबन्धक विराटनगर निवासी रमणलाल श्रेष्ठलाई पनि उद्धार गरी शिक्षण अस्पताल काठमाडौंमा   उपचार भइरहेको छ । 

कोशी सरकारको  तीन करोड योगदान    
कोशी प्रदेश सरकारले रसुवा बाढी–पहिरो प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा तीन करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री हिकमत कुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा बाढी, लेदो र पहिरोका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति प्रदेश सरकारले कोषमा तीन करोड योगदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।  

यसैगरि मनसुनको अवधि अझै बाँकी रहेकाले कोशी प्रदेशभित्रका बाढी तथा पहिरोको जोखिमयुक्त पहाडी र तराईका जिल्लाहरूमा पूर्वतयारीलाई सशक्त बनाइएको छ।  त्यसका लागि प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिलाई पूर्ण रूपमा सक्रिय र तयारी अवस्थामा राख्ने निर्णय मन्त्रिपरिषदले गरेको मन्त्री शेर्पाले जानकारी दिए।