मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघ र आइएलओको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार ११:५३:oo

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले श्रम बजार सुधार, रोजगारी सिर्जना, सिप विकास, उद्यमशीलता तथा सामाजिक संवादलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र आइएलओ नेपालका कन्ट्री डाइरेक्टर नुमान ओजकानबिच भएको भेटवार्तामा दीर्घकालीन रणनीतिक साझेदारीलाई थप संस्थागत र परिणाममुखी बनाउने कुरामा जोड दिइएको थियो । 

सो अवसरमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आइएलओसँगको लामो सहकार्यले नेपालको श्रम बजार, उद्यम विकास र सामाजिक संवाद सुदृढ गर्न महत्वपूर्ण योगदान दिएको बताए । नेपाल अल्पविकसित मुलुक (एलडिसी)बाट स्तरोन्नतिको चरणमा रहेकाले उद्यम तथा श्रमिकलाई समयमै प्रतिस्पर्धाका लागि तयार गर्नुपर्नेमा जोड दिँदै उनले डिजिटल प्लाटफर्म, कृत्रिम बुद्धिमत्ता, स्वचालन र हरित संक्रमणले कामको प्रकृति परिवर्तन गरिरहेको अवस्थामा प्रविधिमैत्री, तर श्रमिकमैत्री नीति आवश्यक रहेको बताए ।

महासंघको नवनिर्वाचित नेतृत्वले ६ रणनीतिक स्तम्भ र ६० प्राथमिक कार्यमा आधारित सुधारमुखी कार्यदिशा अघि बढाएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले लगानी प्रवद्र्धन, नीतिगत पैरवी, रोजगारी तथा उत्पादकत्व, नवप्रवर्तन, दिगो विकास र विश्वव्यापी साझेदारीलाई प्राथमिकतामा राखिएको बताए ।