मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण २९ शुक्रबार o८:५६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o८:५६:oo

प्रहरीले समाचारको विषयलाई लिएर पत्रकारलाई पटकपटक किन पक्राउ गर्छ ?
यसमा पटकपटक राज्यको बदनियत देखियो । यसपटक जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीमा पनि त्यही बदनियत दोहोरिएको छ । समाचार प्रकाशित गरेकै भरमा यसरी गिरफ्तार गरिनु राज्यको हतास मानसिकता हो । किनकि, समाचारको विषय हेर्ने अलग्गै निकाय प्रेस काउन्सिल हो । पत्रकार या मिडिया हाउसबाट गल्ती भएमा कारबाही गर्ने अलग विधि, कानुन र निकाय छन् । त्यसैले, राज्यले काउन्सिलको अधिकार क्षेत्र अतिक्रमित गरी प्रहरी लगाएर पत्रकार पक्राउ गर्नु निन्दनीय छ ।

प्रेस काउन्सिलले हेर्नुपर्ने यस्तो विषयमा उसले आफ्नो भूमिका पूरा गरिरहेको छ त ?
कुनै पनि समाचारको ‘कन्टेन्ट’मा प्रश्न उठिकसकेपछि त्यसलाई हेर्ने ‘अटोनोमस बडी’ प्रेस काउन्सिल नै हो । तर, यस्ता घटनामा उसले हस्तक्षेपकारी भूमिका खेल्न या आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको देखिन्न । पत्रपत्रिका या अन्य सञ्चारमाध्यममा प्रकाशित, प्रसारित समाचारमा उठ्ने कुनै पनि प्रश्नसँगै काउन्सिलले आफूलाई एउटा ‘स्टेकहोल्डर’का रूपमा उभ्याएर आफ्नो अधिकार क्षेत्रअनुसार अघि बढ्नुपर्ने हो । तर, व्यवहारमा त्यस्तो देखिइरहेको छैन । 

यस विषयमा महासंघले के गर्दै छ ?
पत्रकार महासंघले बिहीबार बिहानैदेखि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । साथै, बिहीबार नै महासंघले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन लगिसकेको छ । हामी एकसाथ कानुनी बाटो पनि अघि बढाउँछौँ भने साथमा आन्दोलनका विभिन्न कार्यक्रम पनि सँगसँगै लान्छौँ ।