मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार o८:५३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भेरीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न गोताखोर परिचालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार o८:५३:oo

सल्यानको वनगाड कुपिन्डे नगरपालिका– १, बांगिरहस्थित छिन्चु जाजरकोटमा दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्य जारी छ । बेपत्ता यात्रु र गाडीको खोजीका लागि सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोतखोर र प्रहरीको संयुक्त टोलीले परिचालन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

वनगाड कुपिन्डे नगरपालिकाको बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु.१ज ३०२२ नम्बरको जिप बुधबार दिउँसो भेरी नदीमा खसेको थियो । प्रहरी र स्थानीयको सहयोगमा दुर्घटना भएको समयदेखि नै खोजीकार्य भइरहे पनि भेरी नदीको उच्च बहाव, गहिराइ र रात पर्न थालेपछि स्थगित गरिएको थियो ।

बिहीबार उज्यालो भएसँगै गोताखोरको सहयोगमा बेपत्ता गाडी र मानिसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । प्रहरीका अनुसार गाडीधनी सिद्धकुमाख गाउँपालिका– ४ का २३ वर्षीय भीमबहादुर राना र चालक कुमाख गाउँपालिका– ५ का २३ वर्षीय हेमराज बिसी छन् ।

गाडीमा सवार अन्य दुईजना भने भेरी नदीमा पौडिएर बाँच्न सफल भएका थिए । वनगाड कुपिन्डे नगरपालिका– १, आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी पौडी खेलेर ज्यान बचाउन सफल भएका हुन् ।