मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका नवलपरासी
२o८३ श्रावण १६ शनिबार १२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको मृत्यु, चालक फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १२:o१:oo

 कावासोती नगरपालिका–८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले पैदलयात्री कावासोती नगरपालिका–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले अनुसन्धानका क्रममा शनिबार बिहान करिब ७: ३० बजे मध्यबिन्दु नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बा ३ क १९०३ नम्बरको ट्रक फेला पारी नियन्त्रणमा लिएको छ। दुर्घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।