मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार १४:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोलबजारको कर्फ्यु दुई  घन्टाका लागि खुकुलो बनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १४:४९:oo

जिल्ला प्रशासन कार्याल सिराहाले बिहिवार दिउँसो २ बजेदेखि गोलबजार क्षेत्रमा लगाएको कर्फ्यु शनिबार अपरन्हदेखि  केही खुकुलो बनाइएको जनाएको छ।सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै सुरक्षा अवस्थाको विश्लेषण र आम सर्वसाधारणले दैनिक उपभोग्य सामाग्री व्यवस्थापन गर्न शनिबार अपरान्ह ३ बजेदेखि साझ ५  बजेसम्म कर्फ्यु खुकुलो गरिएको जनाएका हुन् ।

उक्त अवधिमा गोलबजार क्षेत्र हुदै  सञ्चालन हुने लामो दूरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई सूचनामामार्फत अनुरोध गरिएको छ। स्थानीय प्रशासनले लहान क्षेत्रको कर्फ्यु भने शनिबार बिहान १० बजेदेखी हटाएको छ।

कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँच जना भन्दा बढी समूह भेला जम्मा नहुन समेत सूचित गरिएको छ। जिल्लाको सुरक्षा स्थितिको विश्लेषणका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको गोलबजार  क्षेत्रभित्र कर्फ्यु लगाएको थियो ।

बिहीबार दिउँसो गोलबजार ४ क्याम्पस चोकमा गोली लागेर औरही २ तुलसीपुर गाउँका करिब १७ वर्षका गणेश यादवको मृत्युु भएपछि प्रदर्शनकारीले स्थानीय एबी मलसहित एक दर्जन निजी घर पसल, २० थान मोटरसाइल, एउटा टेम्पोमा आगजनी गरेका थिए। प्रदर्शनकारीले हानेको ढुंगा लागेर २२ सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ।