मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १५ शुक्रबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परिस्थितिको यथोचित मूल्यांकन गरी उचित कदम चाल्न सरकार संवेदनशील भएन : नेकपा

उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १८:५६:oo

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार तराई–मधेशमा विकसित परिस्थितिको यथोचित मूल्यांकन गरी उचित कदम चाल्न तत्पर नदेखिएको टिप्पणी गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले सरकार प्रशासनिक, प्राविधिक र शक्ति प्रयोगद्वारा समाधान खोज्नेतर्फ केन्द्रित भएको भन्दै समस्याको राजनीतिक र दिगो समाधानका लागि जिम्मेवार हुन आग्रह गरेको हो।

‘प्रधानमन्त्री र सरकारले परिस्थितिको गम्भीरतालाई आवश्यक राजनीतिक संवेदनशीलताका साथ पहल र सम्बोधन गर्नुको सट्टा यसको केवल प्रशासनिक, प्राविधिक र शक्ति प्रयोगद्वारा समाधान खोज्नेतर्फ बढी केन्द्रित हुनु दुःखद छ। परिस्थितिको यथोचित मूल्यांकन गर्दै उचित पाइला चाल्नेतर्फ सरकारको नेतृत्व गर्नेहरू संवेदनशील भएर तत्पर रहेको देखिएन,’ विज्ञप्तिमा भनिएको छ। 

नेपाल संवेदनशील भूराजनीतिक स्थितिमा रहेकाले बाह्य शक्तिले चलखेल गर्ने स्थिति नबनोस् भन्नेतर्फ सजग रहनुपर्ने औँल्याउँदै नेकपाले राजनीतिक संवाद गरी सबै सरोकारवालालाई विश्वासमा लिन आग्रह गरेको छ।

झडपका घटनाहरूको कारण तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्नसमेत नेकपाले माग गरेको छ।