मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफैँले बोकेको भरुवा बन्दुक पड्‌किँदा एकजना गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १८:२o:oo

काभ्रेको मण्डनदेउपुर नगरपालिका–१, गैरीगाउँका ४६ वर्षीय थामी तामाङ आफैंले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा गम्भीर घाइते भएका छन्।

तामाङ घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको खेतमा जंगली बँदेलले मकैबाली नष्ट गरेको भन्दै बँदेल मार्न भरुवा बन्दुक बोकेर गएका थिए। सोही क्रममा बन्दुक पड्किएर लाग्दा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

घटनापछि तामाङलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल ल्याइएको छ। उनको दाहिने कोखा र पिठ्युँमा चोट लागेको बताइएको छ।