मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १४:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुवेतमा ड्रोन आक्रमणमा परी तेह्रथुमका सोमकुमार तामाङको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १४:४८:oo

कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी कुवेतमा सवारीचालकका रूपमा कार्यरत नेपाली नागरिक तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको  निधन भएको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार कुवेतको परराष्ट्र मन्त्रालयका अनुसार जुलाई ३०, २०२६ मा भएको  उक्त आक्रमणमा तामाङको ज्यान गएको पुष्टि भएको हो।

राजदूतावासले दिवंगत तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरिएको छ। राजदूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल फिर्ता पठाउनेलगायत आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरी अगाडि बढाइने जनाएको छ।

यसैबिच, कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ। यो जानकारी नेपाली राजदूतावास, कुवेतले साउन १५, २०८३ (जुलाई ३१, २०२६) मा जारी गरेको शोक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।