मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १५ शुक्रबार १५:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बिमा दाबी रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १५:४५:oo

कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गत उपलब्ध बिमा सुविधाअनुसार लाभग्राहीलाई १० लाख रुपैयाँबराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

बैंकका अनुसार श्रीमती बनादेवी बोहराका श्रीमानको दुर्घटनाबाट निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बिमा दाबी प्रक्रिया पूरा भएपछि उक्त रकम हस्तान्तरण गरिएको हो। बैंकले यस आर्थिक सहयोगले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका अनुसार परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यप्रतिको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बिमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता योजनाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने र आवश्यक समयमा ग्राहक तथा उनीहरूको परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउने विश्वास बैंकले व्यक्त गरेको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर दुई सय ८५ शाखा, ४१ विस्तार काउन्टर, तीन सय दुई एटिएम तथा ४० शाखारहित बैंकिङ विन्दुमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले सहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै ग्राहकको वित्तीय सुरक्षालाई सुदृढ बनाउन विभिन्न निक्षेप, बिमा तथा बैंकिङ सेवाहरू सञ्चालन गरिरहेको जनाएको छ।