मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
दीपक भट्ट रामेछाप
२o८३ श्रावण १५ शुक्रबार १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झगडा मिलाउन गएकी महिलामाथि कुटपिट गरी फरार

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १५:o८:oo

रामेछापमा एक पुरुष झगडा मिलाउन गएकी महिलामाथि नै कुटपिट गरेर फरार भएका छन्। लिखु तामाकोशी गाउँपालिका– ७, तिल्पुङका ३१ वर्षीय हर्कनारायण श्रेष्ठ स्थानीय ५६ वर्षीया तोकमाया श्रेष्ठलाई कुटपिट गरेर फरार भएका हुन्।

प्रहरी चौकी खिम्तीका प्रहरी सहायक निरीक्षक भोलाकाजी तामाङका अनुसार बिहीबार दिउँसो हर्कनारायण कुखुरा किन्न स्थानीय गंगानारायण श्रेष्ठको घर गएका थिए। सो क्रममा एक–आपसमा भनाभन हुँदा हर्कनारायणले गंगानारायणमाथि हातपात गर्न थालेपछि छुट्याउन पुगेकी उनकी श्रीमती तोकमायालाई हर्कनारायणले कुटेर धकेल्दा उनी भुइँमा बजारिन पुगेकी थिइन्।

तोकमाया घाइते भएपछि उनका परिवारले तत्काल घटनास्थलबाट उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा भर्ना गरेका थिए। उनको टाउको ठोक्किएको ठाउँमा सुन्निएको र भित्री भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडाैं रेफर गरिएको मन्थली अस्पतालले जनाएको छ।

उक्त घटनापछि फरार रहेका हर्कनारायणको खोजीका लागि प्रहरी परिचालन भएको तामाङले जानकारी दिए।