सामाजिक सदभाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल गरेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन् ।
त्यस्तै, सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग एकसाथ छलफल गरेका छन् ।
उनीहरूले दुवै अगुवालाई सुनसरी, सिराहालगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सदभावको अपिल गर्न आग्रह गरेका हुन् ।