मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
दीपक भट्ट रामेछाप
२o८३ श्रावण १५ शुक्रबार १o:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लघुवित्त संस्थाको ७२ लाख हिनामिना गर्ने पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १o:२७:oo

किर्ते कागजात तयार गरेर खाँडादेवी गाउँपालिका–७ गाल्वा स्थित सामुदायिक लघुवित्त वित्तीय संस्थामा रहेको ७२ लाख भन्दा बढी रकम हिनामिना गर्ने सो संस्थाका कार्यरत शाखा प्रमुखसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले सामुदायिक लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुख रमेशजंग शाह, कनिष्ठ सहायक सरोज राई तथा बचतकर्ता सदस्य सुनिता घिसिङसहित चार जनालाई आफ्नो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । 

उनका अनुसार लघुवित्त संस्थामा राखेको पैसा सोही संस्थामा कार्यरत कर्मचारीहरुले ठगी गरेको भन्दै स्थानीय बेलमाया मगरले २०८० असोज ८ गते बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् । मुद्धा दर्तापछि प्रहरीले आरोपीतहरुमध्ये एकजनालाई खोटाङ जिल्लावाट र अन्यलाई काठमाण्डाैंबाट पक्राउ गरी जिल्लामा झिकाएर सम्वन्धित कार्यालयवाट म्याद थप गरी प्रहरी हिरासतमा राखी आवश्यक थप अनुसन्धान भइरहेको सूचना अधिकारी राउतले बताए । 

संस्थाका कार्यरत कर्मचारीहरु मिलेर २०७५ सालमा संस्थाको कर्जा कार्यविधि विपरीत खाँडादेवी गाउँपालिकाका लमिन लामा लगाएत ४१ जना ऋणी देखाएर किर्ते कागजात तयार गरी नक्कली ऋण कारोबार देखाएर पैसा हिनामिना गरेका थिए । उनीहरुले गैरकानुनी रूपमा संस्थावाट ७२ लाख ३७ हजार तीन सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको देखाएर संस्थालाई आर्थिक हानि–नोक्सानी पुर्‍याएका   छन् ।  रामेछापमा वित्तीय संस्था ठगी सम्वन्धि यो पहिलो मुद्धा भएको  प्रहरीले जनाएको छ ।