बिहीबार उत्तरी कुवेतमा भएको इरानी आक्रमणमा परी एकजना नेपाली नागरिकको मृत्यु भएको छ। कुवेतको सशस्त्र बल र चिनियाँ राजदूतावासलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले यो समाचार प्रकाशित गरेको छ।
नेपाल सरकारले यसबारेमा कुवेतस्थित नेपाली राजदूतावाससँग आवश्यक जानकारी गराउन निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयले यसबारे सार्वजनिक गरेको छैन।
सिन्ह्वाका अनुसार उक्त क्षेत्रमा एक चिनियाँ कम्पनीको सहायक ठेकेदार कम्पनीमा चालकका रूपमा कार्यरत नेपाली नागरिकको मृत्यु भएको हो। उनका बारेमा पनि सार्वजनिक भएको छैन।
इरानी आक्रमणमा कम्पनीको भौतिक सम्पत्तिमा क्षति पुगेको सिन्ह्वाले लेखेको छ।