मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १० आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १० आइतबार १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३०० शय्याको अस्पताल नचलाए विश्वविद्यालयको औचित्य पुष्टि हुँदैन : पूर्वस्वास्थ्यमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १० आइतबार १७:३३:oo

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले कैलालीस्थित गेटा अस्पताललाई कम्तीमा ३०० शय्या क्षमतामा सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पतालको क्षमता विस्तार पहिलो सर्त भएको बताएका हुन्।

पौडेलले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभी स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने न्यून लागतमा अस्पताल सञ्चालन गर्न सकिने उल्लेख गरेका छन्।

उनका अनुसार आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा गेटा अस्पताल सञ्चालन तथा एमबिबिएस पठनपाठन सुरु गर्न आर्थिक वर्ष ०८२/८३ को बजेटमै स्रोत सुनिश्चित गरिएको थियो। त्यसवेला केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भए पनि अस्पतालको क्षमता विस्तार गर्दै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा गरिएको उनले बताएका छन्।

पौडेलले हाल डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग गर्दै थालेको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको उल्लेख गरेका छन्।

उनले विश्वविद्यालयको मेरुदण्डका रूपमा रहेको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा विभिन्न बहानामा अवरोध सिर्जना भइरहेको आरोप लगाउँदै गेटा अस्पताललाई तत्काल ३०० शय्यामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै व्यावहारिक समाधान हुने बताएका छन्।