नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिनु विधिको शासनमाथि सिधै प्रहार आरोप लगाएकी छिन् ।
शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै डा. संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको संवैधानिक परिषद्को यो निर्णय स्वेच्छाचारिताको पराकाष्ठा भएको बताइन् ।