मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ बैशाख ६ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडामैं
२o८३ बैशाख ६ आइतबार १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्रियाशील सदस्यतामा अलमल नपरौँ, व्यवस्थित गर्न खोजेका हौँ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडामैं
नयाँ पत्रिका
२o८३ बैशाख ६ आइतबार १६:२३:oo

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रीय प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रममा पौडेलले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए।

एकपटक डिजिटल रेकर्ड भएपछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एकपटक आ–आफ्नो स्थानबाट मिहिनेत गरिदिन नेताहरूलाई आग्रह गरे। सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे।

महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेकाले पार्टी सर्कुलर गर्न, आमसदस्यको राय लिन तथा पार्टीका गतिविधिबारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए। उनले पार्टीको सदस्यसँग विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोस्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको प्रस्ट पारे। 

महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानुपर्ने व्यवस्था गरिएको बताए।