2025-08-22-08-32-53.png)
नेपालले साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको छ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपालले एक गोलले पछि परेकोस्थितमा खेलमा तीन अंक जोडेको हो । नेपालको जितमा दुवै गोल सहारा लिम्बूले गरिन् ।
पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो । यता, भुटानको भने प्रतियोगितामा लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।