मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
२o८२ भदौ ६ शुक्रबार १८:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद

पाकिस्तान शाहिन्ससँग एक रनले हार्‍यो नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार १८:४५:oo

अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले टप एन्ड टी–२० शृंखलामा चौथो हार व्यहोरेको छ । सुरुका तीन खेलमा लगातार पराजित भएको नेपाल लिग चरणको अन्तिम खेलमा पनि पाकिस्तानको शाहिन्ससँग एक रनले पराजित भयो ।

अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा नेपालले मात्र ६ रन जोड्यो । शुक्रबार डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १४५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले सात विकेट गुमाएर १४३ रन बनायो । यसअघि लगातार तीन खेलमा पराजित नेपालले पछिल्लो दुई खेल जितेको थियो । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

नेपालले चौथो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाए । रोहितले ४४ बलमा ५२ रन बनाए । ६ चौका र एक चक्का हिर्काए । यस्तै, आसिफ शेखले ३० बलमा २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएर रनआउट भए ।

यस अघि पाकिस्तानका लागि कप्तान इरफान खानले अविजित ४२ रन बनाए । अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा कुशल भुर्तेलले एक विकेट लिए ।