मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
प्रकाश पौडेल बर्दिया
२o८२ भदौ ६ शुक्रबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा सर्पको टोकाइबाट एकको मृत्यु 

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
२o८२ भदौ ६ शुक्रबार १२:१८:oo

बर्दियामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ५, बिन्द्राकी  १७ वर्षीया मिनुरानी परियारको सर्पको टोकाइबाट मृत्यु भएको  छ। 

घरमा सुतिरहेको अवस्थामा शुक्रबार  राति  साढे ३ बजेतिर बायाँ हातको बुढी औँलामा सर्पले  टोकेको  थियो। परियारको उपचारका क्रममा बर्दिया  अस्पताल गुलरियामा शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका  प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए ।

मृतकको पोस्टमार्टम बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।