मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
२o८२ भदौ ६ शुक्रबार १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अरिँगालको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार १२:१४:oo

रोल्पामा अरिँगालको टोकाइबाट एक बालकको ज्यान गएको छ । बिहीबार त्रिवेणी गाउँपालिका– ७, गैरीगाउँस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट पढाइ सकेर घर फर्किरहेकाे समयमा अरिँगालले टोक्दा शिशु कक्षामा अध्ययनरत सात वर्षीय बालक मोहन परियारको मृत्यु भएको हो । स्थानीय धाक्रीपानी घर भएका उनको रोल्पा अस्पतालमा उपचारका क्रममा राति करिब साढे १ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

विद्यालयबाट पढाइ सकेर घर फर्किरहेका सातजना बालबालिकालाई तिला जंगलमा अरिँगालले टोकेको थियो । स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई रोल्पा अस्पताल रेउघा ल्याइएको थियो ।

अरिँगालले टोकेर घाइते भई अस्पतालमा उपचार गराइरहेकाहरूमा कक्षा १० की सुनिता परियार, कक्षा पाँचका शंकर परियार, कक्षा ४ का मनीषा परियार, केजीमा पढ्ने कमल परियार र शिशुका आशिष परियार रहेका छन् । कक्षा सातका आयुष परियारलाई भने घर फर्काइएको छ । घाइते पाँचजनालाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठान, घोराहीमा रिफर गरिएको बुझिएको छ ।