मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ६ शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्याब्सन र एन प्याब्सनद्वारा सवारीको र्‍याली निकालेर विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ६ शुक्रबार १२:oo:oo

विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले आफ्ना स्कुलका सवारीको र्‍याली निकालेर विरोध गरेका छन् ।

यसरी निकालिएको र्‍यालीले चक्रपथको परिक्रमा गरिरहेको छ । विद्यालयहरूको छाता संगठनहरूले ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेका छन्।

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्नेलगायतका माग उनीहरूले राखेका छन्।