Skip This
वाणिज्यदूत टन्डन र राजदूत पौडेलबिच वैदेशिक लगानी भित्र्याउन छलफल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २२ बिहीबार १o:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वाणिज्यदूत टन्डन र राजदूत पौडेलबिच वैदेशिक लगानी भित्र्याउन छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १o:२८:oo

नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टन्डन र पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलबिच छलफल भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितिका सभापतिसमेत रहेका टन्डन र पौडेलबिच नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको हो ।

साथै, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्क स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रिटका लागि नेपाललाई शीर्ष गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । 

सोही अवसरमा पोर्चुगलमा रहेका नेपालीका समस्या समाधान गर्न आफू लागिपरेको राजदूत पौडेलले बताए । पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको पनि राजदूत पौडेलले बताएका छन् । पोर्चुगलमा रहेका नेपाली मिसन र सिएनआइबिचको संस्थागत सम्बन्धका बारेमा पनि छलफल भएको थियो ।