Skip This
रास्वपाबाट रुपन्देही- ३ मा उम्मेदवार हुन नाैजनाले दिए आवेदन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण २२ बिहीबार १३:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाबाट रुपन्देही- ३ मा उम्मेदवार हुन नाैजनाले दिए आवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १३:२७:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही- ३ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ ।

रास्वपाले ७ साउनमा २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र नाैजनाले आवेदन दिएको लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी गराए । आवेदन दिएकामध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।

रास्वपाले प्राप्त नामहरूबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।