
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन भएको छ । बुधबार नेपाल प्रहरी क्लबको सगरमाथा हलमा भएको कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे ।
उद्घाटनपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो । अर्थमन्त्री पौडेलले एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको बताए । स्थापनाको केही महिनामै यति ठुलो प्रदर्शनी गर्न सक्नुले नाइमाको क्षमता र कार्यकुशलता भल्काउँछ भन्दै उनले शुभकामना व्यक्त गरे ।
नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै मन्त्री पौडेलले सरकार उद्योगमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।