१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १८ बुधबार o६:o१:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : दुध कि पानी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार o६:o१:oo

गाउँपालिकाका अध्यक्षले ज्येष्ठ नागरिक दिवसमा गाउँका सबै वृद्धवृद्धालाई विशेष सम्मानसाथ खिर खुवाउने निर्णय गरे । यसका लागि उनले गाउँलेको भेला आयोजना गराए । 

भेलामा उनले भने– ज्येष्ठ नागरिक हाम्रा आदर्श हुन् । उनीहरूको सम्मान गर्नु हामी सबैको कर्तव्य हो । त्यसैले, भोलिको ज्येष्ठ नागरिक दिवस भव्य रूपमा मनाउने हामीले निर्णय गरेका छौँ । त्यस क्रममा यो गाउँपालिकाभित्र ६० वर्ष उमेर पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई खिर खुवाउने कार्यक्रम तय भएको छ । यस कार्यक्रममा यहाँहरूले पनि आआफ्ना तर्फबाट सक्दो सहयोग पुर्‍याउनुहुनेछ भन्ने विश्वास छ ।

तपाईंहरू सबैले गाउँपालिका कार्यालयबाहिर राखिएको कालो ट्यांकीमा एक–एक लिटर दुध ल्याएर खन्याइदिनुहोला । भेलामा उपस्थित सबैले करतल ध्वनिले प्रस्तावको समर्थन गरे । भोलि बिहानै एक–एक लिटर दुध ल्याइदिने वाचा गर्दै सबै घरतिर फर्किए ।

भोलिपल्ट बिहान अँध्यारोमै सबै गाउँलेले पालैपालो एक–एक लिटर दुध ल्याएर तोकिएको ट्यांकीमा खन्याए । उज्यालो भएपछि अध्यक्षलगायत पदाधिकारी पनि आइपुगे । दुध कति भएछ, पुग्ने भयो कि भएन भनेर ट्यांकीमा हेर्दा सबै छक्क परे । किनकि, त्यहाँ दुधको साटो पानी मात्र थियो । 

वास्तवमा अरू सबैले दुध हालेको ट्यांकीमा म एउटाले पानी हाल्दैमा के फरक पर्छ र भनेर सबै गाउँलेले त्यहाँ अँध्यारैमा दुधको साटो पानी खन्याएका थिए । जसले गर्दा ट्यांकी पानीले भरिएको थियो । हामी पनि हरेक काममा म एउटाले गर्दैमा के फरक पर्छ र भन्ने सोच्छौँ । यथार्थमा सबैले यस्तै सोचे भने धेरै ठुलो फरक पर्छ ।