१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १८ बुधबार ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा ११  मा काठमाडौं महानगरपालिकामार्फत करिब तीन हजारले छात्रवृत्ति पाउने, आवेदन फारम खुल्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार ११:४८:oo

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन खुलाएको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना प्रकाशन गरी आवेदन माग गरेको हो। 

महानगरपालिकाले परीक्षा सञ्चालन गरी छात्रवृत्तिका लागि बिद्यार्थी छनोट गर्नेछ। परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीलाई काठमाडौं महानगरपालिकाभित्रका संस्थागत कलेजमा पढ्न पाउनेछन्। संस्थागत बिद्यालयले अनिवार्य रुपमा १० प्रतिशत बिद्यार्थीलाई छात्रवृत्तिमा पढाउनुपर्ने कानुनी प्रावधान छ। महानगरपालिकाले परीक्षा सञ्चालन गरी निष्पक्ष रुपमा छात्रवृत्ति वितरण गर्न लागेको हो। करिब तीन हजार बिद्यार्थीले यस्तो छात्रवृत्ति पाउने महानगरपालिकाका अधिकारी बताउँछन्।  

महानगरपालिकाभित्रका स्थायी बासिन्दा तथा देशभरीका सामुदायिक बिद्यालयबाट एसइई उत्तीर्ण गरेकाले छात्रवृत्तिमा फारम  भर्न पाउनेछन् । त्यस्तै, ल्याण्डफिड साइटका बासिन्दालाई पनि कोटा राखिएको छ। नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १,२ र ३ तथा धादिङको धुनीबेशी गाउँपलिका १, २ र ४ नम्बर वडाका बासिन्दालाई फारम पर्न पाउनेछन्। त्यस्तै, संस्थागत बिद्यालयमा कक्षा १० सम्म छात्रवृत्तिमा पढेकाले पनि यसमा फारम फर्न मिल्ने महानगरपालिकाको सूचनामा उल्लेख छ।