
दक्षिण मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने जल तथा माैसम विज्ञान विभागले मनसुनी आकलन अद्यावधिक गर्दै मधेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने जनाएकाे छ।विभागले बुधबार जारी गरेकाे अद्यावधिक आकलनअनुसार १७ असारदेखि १४ असोजसम्मको तीन महिनामा मधेशका दक्षिणी भूभागमा सरदरभन्दा कम, कोशीका दक्षिणी भूभागमा सरदर वर्षा हुने बताएकाे हाे।
विभागले यसअघि वैशाखमा मनसुनी आकलन जारी गर्दै मधेशमा सरदर हाराहारी र काेशीकाे तराईमा सरदरभन्दा बढी वर्षा हुने बताएकाे थियाे। तर, मधेशका सप्तरी, सिरfहा, धनुषा, महाेत्तरी, सर्लाही, राैतहट, बारा र पर्साका दक्षिणी क्षेत्रमा कम वर्षा हुने देखिएकाे हाे। मधेशमा पश्चिमभन्दा पूर्वी क्षेत्रका जिल्लामा कम वर्षा हुने देखिन्छ।
त्यस्तै, काेशीका झापा, माेरङ, सुनसरी, इलाम र धनकुटामा सरदर हाराहारी मात्र वर्षा हुने देखिन्छ। काेशीका पाँचथर, भाेजपुर र खाेटाङका दक्षिणी क्षेत्रमा पनि सरदर वर्षा हुने आकलन छ।
जल तथा माैसम विज्ञान विभागका माैसमविद् सुदर्शन हुमागाईँले मधेश र काेशी क्षेत्रबाहेकमा यसअघिकाे पूर्वानुमान कायम रहेकाे बताए। ‘मधेशमा अहिले पनि खासै पानी परेकाे छैन, अबकाे तीन महिनामा पनि सरदर नपुग्ने देखिन्छ,’ उनले भने, ‘सरदर वर्षा नभएका अन्य केही क्षेत्रमा भने अबकाे वर्षाले पूर्ति गर्ने देखिन्छ।’ मुलुकका अन्य क्षेत्रमा भने सरदरभन्दा बढी वर्षा हुने यसअघिकाे आकलन कायमै छ। त्यसमा पनि कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म छ। सुदूरपश्चिम प्रदेशको दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ छ।
यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि १५ जेठमा पूर्वी नेपालबाट प्रवेश गरी ६ असारमा देशभर फैलिएको थियो। जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई मनसुनीयाम भनिन्छ।