मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १९ सोमबार
  • Monday, 01 June, 2020
एजेन्सी  इङल्याण्ड
२०७६ जेठ २९ बुधबार १४:०९:००
खेलकुद

भारत र न्युजिल्याण्डबीच बिहीबारका लागि तय खेल रद्द हुन सक्ने

एजेन्सी  इङल्याण्ड
२०७६ जेठ २९ बुधबार १४:०९:००

विश्वकप क्रिकेट २०१९ मा न्युजिल्याण्डले आफूले खेलेका तीन वटै खेलमा जित निकालेको छ । भारतले पनि आफूले खेलेका दुवै खेल जितेको छ । 

यस्तोमा भारत र न्युजिल्याण्डबीच बिहीबार खेल हुँदैछ । तर यो खेल रद्द हुनसक्ने अनुमान लगाइएको छ । इङल्याण्डमा यतिबेला खेलका लागि मौसम प्रतिकूल बनेको छ, अहिलेसम्म तीन खेल वर्षाका कारण प्रभावित भइसकेका छन् । 

श्रीलंका–पाकिस्तान, श्रीलंका–बंगलादेश र वेस्ट इन्डिज–दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडिएको थियो । त्यसैगरी नै भारत र न्युजिल्याण्डका बीच बिहीबारका नटिङघममा हुने खेल पनि त्यस दिनको मौसम पूर्वानुमानअनुसार रद्द हुनसक्ने आँकलन गरिएको छ । 

नटिङघममा बिहीबार वर्षा हुने मौसम पूर्वानुमान अधिकारीहरुले जनाएका छन् । वर्षा रोकिए कम ओभरको खेल हुनसक्छ । दक्षिण अफ्रिकी कप्तान फाप डु प्लेसिसको धारणा छ कि, कम ओभरको खेल हुनुभन्दा रद्द भएकै राम्रो ।