१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
२o८२ बैशाख २७ शनिबार २१:o६:oo
Read Time : < 1 मिनेट
समाचार

सोमबारदेखि हेटौँडामा युवा सम्मेलन हुँदै

देशभरका तीन सयभन्दा बढी युवा सहभागी हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार २१:o६:oo

बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश युवा सम्मेलन ०८२ हुने भएको छ । २९ र ३० बैशाख दुई दिन चल्ने सम्मेलनमा देशभरका तीन सय युवा सहभागी हुने छन् । 

सम्मेलनमा युवाहरूले प्रदेशस्तरमा युवामैत्री नीति निर्माण, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धनका विषयमा सरोकारवालसँग संवाद र छलफल गर्नेछन् ।

तेस्रो श्रृंखलाको रुपमा हुन लागेको सम्मेलनको तयारी सकिएको बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उनका अनुसार सम्मेलनमा सातै प्रदेशबाट तीन सयभन्दा बढी युवा प्रत्यक्ष सहभागी हुनेछन् । 

सम्मेलनमा कृषिमा नवप्रवर्तन र युवा संलग्नता तथा सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरूसँग प्यानल छलफल र कार्यशाला गोष्ठीको आयोजना हुनेछ ।

उपाध्यक्ष चौलागाईँले परिषद्ले ०७८ मा गरेको सर्वेक्षणअनुसार, सात सय ५० जना युवाले नीति संवादको प्लेटफर्म अभाव महसुस गरेको तथ्यको आधारमा परिषद्ले यस खालको सम्मेलन गर्दै आइरहेको जानकारी दिए । उनले सम्मेलनमा युवा उद्यमीको प्रदर्शनी, सीप वर्षअन्तर्गत तालिमप्राप्त युवाको अनुभव र प्रेरणादायी कथा तथा अन्तरप्रदेशीय युवा उद्यम र रोजगारीबारे अन्तर संवादले सम्मेलनमा सहभागीलाई उत्प्रेरण मिल्ने दावी गरे ।

उपाध्यक्ष चौँलागाईले बागमती प्रदेशका हरेक युवा सीपयुक्त भएर उद्यमशीलतामा जोडिनुपर्छ भन्ने ध्येयका साथ परिषद्का योजनाहरू अघि बढिरहेको जानकारी दिए । उनले सीप र उद्यमशीलतामा युवालाई जोड्न प्रदेश युवा सम्मेलन कोसेढुंगा सावित हुनेमा विश्वास व्यक्त गरे ।