मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ८ सोमबार २o:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकः सहसचिव पौडेल सचिवमा बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार २o:३३:oo

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ। बढुवा समितिले पौडेलसहित तीन सिनियर सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो। सचिव अर्जुन पोखरेलले अवकाशपाएपछिको रिक्त पदमा उनको बढुवा भएको हो। 

सहसचिव पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन्। बढुवा समितिले उनीसहित शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरेको थियो। 

बैठकले रिक्त रहेको भुमी व्यवस्था मन्त्रालयको सचिवमा केदारनाथ शर्माको सरुवा गरेको छ। उनी कोशी प्रदेशको प्रमुख सचिवमा कार्यरत थिए। 

 सोमबारकै बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ।