मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २ मंगलबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरे पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार १६:५४:oo

नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरे पुरस्कृत भएका छन्। मंगलबार ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओली र महानगरका मेयर चिरीबाबु महर्जनले उक्त सम्मान तथा पुरस्कार प्रदान गरे।

ललितपुर महानगरपालिकाको असल अभ्यास तथा कार्यसम्पादनका सम्बन्ध समाचार सम्प्रेषण गरेको भन्दै महानगरले घिमिरेलाई ‘महानगर गौरव पुरस्कार’ले सम्मान गरेको हो। उक्त पुरस्कारको राशि एक लाख रहेको छ। महानगरले हरेक वर्ष ६ जनालाई पुरस्कृत गर्ने ‘महानगर गौरव पुरस्कार’मा एकजना सञ्चारकर्मीलाई पनि समेट्ने गरिएको छ।

यस्तै, अन्य विधाबाट उक्त पुरस्कार प्राप्त गर्नेमा प्राध्यापक शिवगोपाल रिसाल, नारायण महर्जन, मोहनश्याम महर्जन, बेवारिसे लास व्यवस्थापन केन्द्रका प्रतिनिधिलगायतलाई उक्त पुरस्कार प्रदान गरिएको छ। महानगर दिवसको अवसरमा महानगरले ४० जना कर्मचारी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरेको छ।