मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Saturday, 14 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २७ मंगलबार ११:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङेलाई सिआइबीको कार्यालयमा लगियो : अदालतमा उपस्थित गराएर आजै जेल चलान गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार ११:३३:oo

स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा लगिएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो । 

उनलाई केही समयमा अदालतमा उपस्थित गराइने सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । मनाङे आजै जेल चलान हुनेछन् । 

गत २० कात्तिकमा सर्वोच्च अदाललतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगत्तै फरार भएका मनाङे एक सातापछि पक्राउ परेका हुन् । सो मुद्दामा उनी यसअघि करिब साढे दुई वर्ष जेल बसिसकेका थिए । बाँकी अवधि उनी जेलमा बस्नुपर्ने हुन्छ । 

०६१ सालमा अर्का गुन्डानाइके चक्रे मिलनको हात छिनाएको घटनामा सर्वोच्चले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो । उच्च अदालतले गरेको पाँच वर्ष कैदको सजायलाई सर्वोच्चले सदर गरेको हो । गुन्डागर्दी पृष्ठभूमिका उनी मनाङ (२) बाट निर्विरोध निर्वाचित भई ६ पटक गण्डकी प्रदेशमा मन्त्री भएका थिए ।